Logo

लागुऔषध फेनारगन सहित युवक पक्राउ



नवलपरासी, भदौ २३ । लागुऔषध फेनारगन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कावासोती नगरपालिका १६ तिनघरे चोकबाट गैंडाकोट नगरपालिका २ बस्ने दिपेन्द्र शाही ठकुरी समेत २ जना रहेका छन् । उनीहरुलाई नियन्त्रित लागूऔषध फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र डाईजेपाम ५२ एम्पुल सहित २२ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख २०५८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot