Logo

जुवातास खेल्ने सात जना पक्राउ



कास्की, भदौ २३ । जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेको छ । घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ रानीपौवा बस्ने अर्जुन केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन केसी लगायत सातजनालाई नगद ३६ हजार १५ रुपैयाँ र तीन बुक तास सहित २२ भदौको राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot