Logo

नागरिता ऐन संशोधन विधेयक संविधानको भावना प्रतिकूल-काँग्रेस



काठमाडौं, भदौ २३ । नेपाली काँग्रेस सरकारले संसदमा प्रस्तुत गरेको नागरिक विधयेक संविधानको भावनाको प्रतिकूल भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उसले संशोधनका लागि सांसदहरुले राखेको प्रस्तावप्रति बेवास्ता गरेको भन्दै सरकारको आलोचना गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज प्रेस विज्ञप्तिमार्फत् नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधयेकलगायतका केही विधयेकमा संशोधन प्रस्तावप्रति सरकार संवेदनशील नभएको भन्दै आलोचना गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिहरुमा छलफलका क्रममा रहेका नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलगायतका संविधान प्रतिकूलका विधयेकहरु माथि माननीय सांसदहरुले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिहरुमा राख्नुभएको फरक मत प्रति वर्तमान सरकार संवेदनशील नभएकोमा नेपाली काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’



प्रतिक्रिया दिनुहोस्