Logo

बसमा युवतीमाथि दुव्र्यवहार गरेपछि पूर्व सांसद पक्राउ



ललितपुर, भदौ २३ । एकान्तकुनामा बसमा युवतीमाथि यौन दुव्र्यवहार गर्दा पूर्व सांसद योगेन्द्र घिसिङलाई पक्राउ परेका छन् ।

दुव्र्यवहारपछि युवतीले प्रहरीमा उजूरी दिएकी थिइन् । उजूरीपछि तथ्य बुझेर प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो ।

कलेज पढ्ने युवतीमाथि घिसिङले दुव्र्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले पक्राउ गरी एक हप्ताको म्याद थपेको जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

पक्राउ परेका घिसिङ २०७० सालमा तत्कालिन माओवादी केन्द्रका समानुपातिकतर्फका सांसद थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot