Logo

दश युवक एक युवती, उखुवारीमा सामुहिक बलात्कार



काठमाडौं, भदौ २३ । एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी नाम नखुलाइएकी युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेका थिए ।

घटनामा संलग्न अभियुक्त भागेर विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । फरार एक जनाको पनि खोजीकार्य भइरहेको छ । पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्