Logo

इन्द्रजात्रा मनाउन ४८ विदेशी आउदै, पाँच करोडको अक्षयकोष बनाउन पहल



काठमाडौं, भदौ २३ । काठमाडौँ महानगरपालिकाकाले पहिलो पटक इन्द्रजात्रा मनाउन विदेशी पाहुला ल्याउन लागेको छ ।

नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफल पश्चात इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका प्रमुखसहित ४८ जना विदेशी जनप्रतिनिधि काठमाडौं आउने भएका हुन ।

विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको भन्दै यस पटकको इन्द्रजात्रालाई अन्तरराष्ट्रिय रुपमा मनाउन लागिएको महानगरका मेयर विद्यासुन्दर शाक्यको भनाई रहेको छ ।

पर्यटन वर्ष २०२० को नजिकमा रहेका बेला अन्तरराष्ट्रिय पाहुना इन्द्रजात्राको अवलोकनमा आउदा अन्र्तराष्ट्रिय रुपमा नेपाली कला र संस्कृतिको विश्वास प्रचार हुने उनको बुझाई रहको छ ।

प्रमुख शाक्यले अन्तरराष्ट्रिय पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्यरुपमा मनाउन पनि सबैमा अनुसारेध गरेका छन् ।

सोही अवसरमा उनले इन्द्रजात्राका लागि अक्षयकोष बनाउन पहलसमेत भइरहेको जानकारी गराएका छन् । “अक्षय कोष बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिनुभएको छ ।

हाल पाँच करोडसम्मको कोष बनाउने तयारी भइरहेको छ । कार्यविधि बनाएपछि हामी औपचारिकरुपमै अघि बढ्छौँ”, उनको भनाई रहेको छ ।

यस वर्ष इन्द्रजात्रा पर्व यही भदौ २७ गते परेको छ । इन्द्रजात्राका अवसरमा उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्