Logo

ओली र नेपालबिच बढ्यो दुरी



काठमाडौं, भदौ २५ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्धमा झन धेरै जटिलता थपिदै गएको छ । अहिले दुबै नेताबिच ५ भदौमा बसेको सचिवालय बैठक पश्चात कुनै बोलीचालि नै छैन ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन वितिसक्दा पनि कुनै औपचारीक तथा अनौपचारीक रुपमा कुराकानी भएको छैन । अहिले दुबै नेता एक अर्काेका सम्पर्कमा पनि नरहेको स्रोतको दाबी छ । दुबै पक्षले एक–अर्काका बारेमा तेस्रो माध्ययको प्रयोग गरि सुचना लिईरहेको पनि बुझिएको छ ।

ओली स्वास्थ उपचारको लागि सिंगापुर जानुअधि नेपालले स्वास्थ्यलाभको कामना गर्दा आफुलाई तपाईको शुभकामना आवश्यक नरहेको बताएपछि दुबै नेताबिच उत्पन्न परिस्थिति सृजना भएको थियो

उक्त दिनको बैठकै विवादास्पद हुने अवस्थामा पुगेपछि बैठकमा उपस्थित नेताहरु पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ लगायतले कुरालाई शान्त गराएका थिए । ओली सिंगापुरमा रहदाँ नेताहरु स्वास्थलाभको कामना गर्न सिंगापुर नै पुगेपनि नेता नेपाल भने मौन बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्