काठमाडौं, २४ भदौ । दशै, तिहार र छटलगायतका पर्वलाई लक्षित गरेर सरकारले सोमबारदेखि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा उपभोक्तालाई साहत दिने उदेश्याले सरकारले हरेक वर्ष झै यस्ता सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दूध विकास संस्थानद्वारा सयुक्त रुपमा सञ्चालित एकीकृत सहुलिएत मूल्य पसलको आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका छन् ।
काठमाडौं उपत्यकामा ११ स्थानसहित देशका अरु मुख्य शहरमा गरि ७३ वटा सहुलियत पसल सञ्चालनमा ल्याइएको जनाइएको छ । सहुलियत पसल कात्तिक १७ गतेसम्म सञ्चालनमा रहने छन् । उक्त पसलहरुम चिनी, नुन, चामल, धिउ, गेडागुडीदेखि मासुुसमेत सहुलिएत मूल्यमा पाइने छ ।
सहुलियत पसलमा मोटा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकेजि दुई रुपैयाँ, वासमती चामल तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, च्याङग्रा र खसि बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट रहने छ ।
डीडीसीकोे धिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाउन सकिने छ । आजको गोरखापत्रमा खवर छ ।