बाँके,२३ भदौ नियन्त्रित लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ बस्ने आशिष न्यौपाने र सोही ठाउँ बस्ने भुपेन्द्र कार्की रहेका छन् । उनीहरुलाई नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट नियन्त्रित लागूऔषध सहित २३ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले आशिषको साथबाट स्पास्मो ४० ट्याब्लेट तथा भुपेन्द्रको साथबाट सोल्भिन ३० ट्याब्लेट र नाईट्रोजेपाम १५ ट्याब्लेट बरामद भएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।