Logo

अवैध लागूऔषध सहित युवक पक्राउ



बाँके,२३ भदौ नियन्त्रित लागूऔषध सहित  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ बस्ने आशिष न्यौपाने र सोही ठाउँ बस्ने भुपेन्द्र कार्की रहेका छन् । उनीहरुलाई  नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट नियन्त्रित लागूऔषध सहित २३ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले आशिषको साथबाट स्पास्मो ४० ट्याब्लेट तथा भुपेन्द्रको साथबाट सोल्भिन ३० ट्याब्लेट  र नाईट्रोजेपाम १५ ट्याब्लेट बरामद भएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot