Logo

प्रचण्डका ठूलोबुबाको निधन



चितवन, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहेका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आएका थिए।

दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहदै आएको थिए ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका चार छोरा र दुई छोरी छन् । उनको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उनको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot