फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एउटा किर्तिमान तोड्न आतुर छन् जुन डेढ दशकसम्म कसैले तोड्न सकेको छैन । त्यो हो आफ्नो राष्ट्रका लागि सर्वाधिक गोल गर्ने किर्तिमान ।
इरानका अली दाईका नाममा रहको किर्तिमान तोड्न आतुर रोनाल्डो अब मात्र १७ गोलले टाढा छन् । उनले हालसम्म पोर्चुगलका लागि ९३ गोल गरिसकेका छन् । ३४ वर्षीय रोनाल्डोले बाँकी खेल खेलेर यो संख्या कटाउने सम्भावनाको आँकलन गरिदैछ । गोल मेसिनका रुपमा परिचित पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो अहिले यूरो २०२० को छनोट चरणमा खेलिरहेका छन् । उच्च फर्ममा रहेर गोलको वर्षा गरिरहेका छन् ।
लिथुवानियाविरद्धको खेलमा रोनाल्डो एक्लैले चार गोल गरे । पोर्चुगलले ५१ ले जितेको खेलपछि रोनाल्डो उत्साही छन् । उनले पछिल्लो समय देशका लागि गोलको वर्षा गरिरहेका छन् ।
अब रोनाल्डो बाहेक अलि दाईको किर्तिमान तोड्ने क्षमता अहिलेको विश्वका चल्तीका खेलाडीमध्ये कसैसँग पनि छैन । त्यसैले पनि रोनाल्डोतर्फ धेरैको आँखा गइरहको छ । किर्तिमान तोड्न सके उनी फुटबलका महान खेलाडीका रुपमा इतिहासमा नाम लेखाउन सक्नेछन् । Photo Source: Sportsnet