काठमाडौं, भदौ २७ । भोजपुर घटनामा मारिएका प्रहरी जवान सञ्जीव राईलाई सरकारले शहीद घोषणा गरेको छ ।
गत असार २५ गते भोजपुरको हटियामा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो ।
सोही घटनामा प्रहरी जवानसँगै र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको थियो ।सरकारले यस अधि नै मृतक राईको परिवारलाई भदौ २२ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट राहत स्वरुप १० लाख रुपैया उपलब्ध गराउने निणर्य गरिसकेको छ ।
विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना थियो ।उक्त घटनामा प्रहरी जवान सोम भट्टराई घाइते भएका थिए ।