Logo

काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव



राजधानीमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा ३१ भदौं देखि २ असोजसम्म यो महोत्सव हुने लागेको हो । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा “चिनियाँ चलचित्र महोत्सव २०७६” नामकरण गरिएको महोत्सव सञ्चालन हुन लागेको छ । महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पाेरेसनको पनि सहभागीता रहनेछ ।
वल्र्ड कल्चरल नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालका अनुसार महोत्सवमा ६ चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । महोत्सवमा प्रवेश निःशुल्क हुनुका साथै हरेक दिन दुईवटा चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्देशित ‘द ग्राण्डमास्टर’, दाँते लाम निर्देशित ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौद निर्देशित ‘वुल्फ टोटेम’, लेस्त चेन निर्देशित ‘ब्याटल अफ मेमोरिज’, हान यान निर्देशित ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन हुने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य उद्देश्य नेपाल र चिनियाँ संस्कृतिको आदान प्रदान गर्नु हो । पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग महोत्सव अन्तर्गत नै एउटा विशेष अन्तरसंवादको कार्यक्रम राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot