Logo

ओलीले प्रचण्डलाई होईन, वामदेवलाई पार्टी नेतृत्व सुम्पिने



काठमाडौं, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकल नेतृत्व पद्धतीको बारेमा बहस सुरु भएको छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा पार्टीको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुम्पिने पक्षमा छैनन्। सिंगापुरमा उपचार गराएर फर्केपछि बालुवाटारमा आफ्नो समूहका नेताहरुसँगको गोप्य छलफलमा पनि ओलीले आफ्नो रणनीति सुनाएका थिए ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओलीले आफूपछि नेतृत्वमा पार्टी उपाध्यक्षमा प्रस्तावित नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई नै अघि बढाउने तयारी गरेका छन् । यसको लागि उनले गौतमलाई आउने मंसिरमा हुने उपनिर्वाचनमा काँस्कीबाट उम्मेद्धवार बनाउने तयारीपनि थालेका छन् । पछिल्लो समय ओलीसँग वामदेवपनि निकट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्