Logo

अब सरकारले गति लिने खनालको विश्वास



पशुपतिनगर, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएका कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । दुई कम्युनिष्ट पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत भएका उनले जटिल परिस्थितिमा पनि १५ महीनाको अथक प्रयासपछि एकता प्रयासले गति लिएको बताए ।

जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणका लागि यहाा आईपुगेका खनालले इलामबाट भावनात्मक, सैदान्तिक, वैचारिक र सङ्गठनात्मकरुपमा एकताको प्रक्रिया अगाडि बढेकाले अब यसलाई देशका ७७ वटै जिल्लामा क्रमशः विस्तार गर्दै लगिने जानकारी दिए ।

उनले पार्टीको तल्लो कमिटीमा केही समस्या देखिए पनि त्यसलाई चाँडै निकास दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक तुल्याउन नेकपा नेतृत्वको सरकार जोडतोडले अघि बढेको बताए । नेपालको पराराष्ट्र नीति कमजोर नभएको जानकारी दिँदै नेता खनालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाले विश्वका सबै देशसँग सम्बन्ध विस्तारमा नेपाल पछि नपर्ने बताए।

कुनै विधेयक ल्याउँदा केही कमजोरी भए पनि त्यसलाई सच्याउँदै अगाडि बढे सरकारले उचाइ लिनेमा जोड दिँदै उनले पार्टीको एकता भए पनि सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, विभाग र परिषद् गठनपछि मात्र कम्युनिष्टको एकता पूर्ण हुने बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot