काठमाडौं, भदौ २९ । कार्यवाहक भारतीय राजदूत डा. अजयकुमारलाई नेपाली टोपी उपहार दिइयो । उनलाई टोपी लगाइदिन लाग्दा आफै लगाएर मुस्कुराए ।
टोपी लगाउँदा तस्बिर खिचेको देखेपछि तस्बिर आफूलाई पनि दिन भने । टोपी लगाउँदा खुशी भएका उनले भने, ‘यो तस्बिर तपाईंहरु आफूसँग मात्र राख्ने होइन कृपया मलाई पनि दिनुहोस् ।’
शनिबार नीति अनुसन्धान प्रतिष्ठान नेपाल र द्वन्द्व व्यवस्थापन अध्ययन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको नेपालको परराष्ट्रनीति विषयक अन्र्तक्रियामा सहभागी अजयकुमारले कार्यक्रम अवधिभर धेरै सुने र आफ्नो बोल्ने पालो आएपछि भने विदेश मामलाको अभ्यासकर्ता भएकाले धेरै सिक्न पाएकोमा धन्यवाद दिए ।