काठमाडौं, भदौ २९ । सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिवार आफु विरुद्व नेपालगन्ज विमानस्थलमा आफ्नो विरोध गर्नेहरू राजावादी समूह भएको आरोप लगाएका छन्।
विमानस्थलमा केहि व्यक्तिहरू आक्रमक शैलीमा आफु विरुद्ध प्रस्तुत भएको जनाउदै पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? भन्दै आफूविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएको जनाएका छन् ।
आईतवार प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा रहेकाले काठमाडौं फर्कने क्रममा उक्त घटनाहुन गएको समेत मन्त्रीले जानकारी गराएका छन् ।
समाजिक सञ्जालमा सार्वजनिक भिडियो अनुसार मन्त्री भट्टराईले एक घण्टासम्म जहाज कुराएको भन्दै चर्काे आलोचना भएको देखिन्छ । तर, मन्त्री भट्टराईले भने आफु १५ मिनेट मात्रै ढिलो भएको जनाएका छन् ।
विमानस्थलका अन्य यात्रुको बोडिङ पास भएको १५ मिनेटमा नै विमानस्थल पुगेको भएपनि केहि राजाबादीहरुले व्यक्तिगत रुपमा आफुमाथी अभद्र व्यवहार देखाएको उनले समाजिक सञ्जालाबाटै जानकारी गराएका थिए ।