बाँके, भदौ २९ । नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथी भएको आक्रमण ज्यानमार्ने उद्देश्यबाट भएको जनाउदै उनका छोराले १० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
उक्त घटनामा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले आक्रमण गर्दा सभापति काइराला सहित केहि कार्यकर्ता घाइते भएका थिए । आक्रमणबाट सभापति कोइरालाको हात भाच्चिएको थियो ।
हिमाल, पहाड तराई–मधेस राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम चलिरहेका वेला नेकपाका नेता तथा कार्यकर्ताले आफ्नो ज्यान मार्ने मनसायले आक्रमण गरेको किटानीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा सुक्ष्म रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।आक्रमणको विरोधमा कांग्रेसले नेपालगन्जमा प्रदर्शन गरेको थियो ।