Logo

हामीले उद्योलाई उच्च प्राथमिकता दिएका छौं : मुख्यमन्त्री राई



विराटनगर, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको पनि सुनाए ।

उनले शान्तिसुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न सरकारले लिएको सङ्कल्प पूरा हुने विचार व्यक्त गरे । शनिबारदेखि चलेको बैठकको समीक्षा गर्दा प्रदेश नं १ मा शान्तिसुरक्षाको स्थिति सन्तोषजक रहेको पाइएको बताउँदै मुख्यमन्त्री राईले शान्तिसुरक्षाको चुनौतीलाई सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । File Photo/Reporters’ Club Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot