Logo

विमानस्थलमा ड्यिुटि फ्री शप सञ्चालन गरिने



काठमाडौ,भदौ ३० । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ११ बर्षपछि ड्युटि फ्री शप पुनः सञ्चालन गरिने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले यसका निम्ति विक्री गरिने समानहरुको सूचि सहितको योजना पेष गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

२०६५ सालमा बाबुराम भट्टराइ अर्थमन्त्री भएका बेलादेखि ड्यिुटि फी्र शप बन्द अवस्थामा रहदै आएको थियो । विदेशी तथा नेपाली यात्रुहरुले अन्तराष्ट्रिय टर्मिनलमा ड्युटि फ्री शप हुनुपर्ने सुझावको आधारमा मन्त्रालयले यो तयारी अगाडि बढाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रले जानकारी गराए ।

सरकारले गरेको निणर्यका आधारमा विमानस्थल कार्यालयले थप काम अगाडी बढाउने उनको भनाई रहेको छ । विमानस्थलको समग्र सुधारकोलागि मन्त्री भट्टराईले अन्य निर्देशन दिएको समेत उनले बताएका छन् ।

केहि दिन पहिले मन्त्रीले सार्वजनिक गरेको मन्त्रायलका प्राथमिक्ता प्राप्त १४१ बुँदे कार्ययोजनामा विमानस्थल सुधारलाई पनि प्राथमिक्तामा राखिएको थियो । आजको आर्थिक अभियानमा टीपी भुसालले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्