Logo

आजको मौसम;  चट्टयांग सहितको वर्षा हुनसक्ने



काठमाडौं, भदौ ३१ । बंगालको खाडिबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ ।

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जन र चट्टयांग सहितको वर्षा हुनसक्ने भएकाले सबैमा सचेत रहन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

साथै, मध्य तथा पश्चिमि भु–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने पनि महाशाखाले जानकारी गराएको छ ।

देशको पुर्वि तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार बाँकि भु–भागमा पनि आँसिक देखि सामान्य बादलिको अबस्था रहेको जनाइएको छ ।

आगामी तीनदिन सम्म देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुने पनि महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्