काठमाडौं, भदौ ३१ । लमजुङ केन्द्रबिन्दु भएर आज विहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ। मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ। सोमबार मात्रै नेपाल भारत सीमाक्षेत्र रसुवा केन्द्रबिन्दु भएर ४।४ रेक्टर स्केलको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो।