Logo

नाकबाट पसेर मस्तिष्कमा पुगी मानिसको ज्यान लिनसक्ने अमिबा



अमिबा यस्तो किरा हो जसलाई न्यानो पानी, ताल र नदीहरुमा बस्न मनपर्छ । यो जीव तातो पोखरीमा पनि पाउन सकिने तथ्य पत्ता लागेको छ । ४७ डिग्री सेल्सियस सम्मको तापक्रममा बाँच्न सक्छ र कहिलेकाँही छोटो अवधिको लागि उच्च तापक्रममा बाँच्न सक्छ ।

यो जीवबाट गर्मी महिनाहरूमा संक्रमण धेरै सामान्य हुने गर्छ । यो गर्मी ठाउँमा उत्पन्न हुने गर्छ । यसलाई गर्मीमा बस्न मन पर्छ । समुन्द्रमा नुनिलो पानी भएकाले अमिबा बाँच्न सक्दैन ।
अमिबा नाकबाट पसेर टाउसको सम्म पुग्छ । यो पसेमा शुरुमा टाउको दुख्ने, ज्वरो लाग्ने, वान्ता आउने हुनसक्छ । संक्रमण पछि एक देखि नौ दिन सम्म यस्तो हुनसक्छ ।

यो नाक द्वारा मस्तिस्क मा छिर्ने गर्छ । यो मस्तिष्क खाने अमीबासंग संक्रमण धेरै विरलै छ ।
विश्वभर २००१ देखि २०१० सम्ममा करिब ३४ हजार जना प्रभावित भएको तथ्यांक छ । यसको जोखिमबाट बच्न सकिने उपाय पनि छ । पौडी खेल्दा नाक माथिसम्म पनि नलैजाने गरेमा यसको संक्रमणबाट बच्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्