काठमाडौं, असोज १ । ‘नेपालकालागि नेपाली अभियान’का अभियन्ता ज्ञानेन्द्र शाहीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ ।
वाइसिएल दाङका इन्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ ले विज्ञप्ति निकालेर शाहीलाई दाङ प्रवेशमा निषेध गरिएको जनकारी दिएका छन् । यसभन्दा अघि नेकपाका भ्रातृ संगठनहरुले शाहीलाई कास्की र धनुषा प्रवेश निषेध गरी सकेको छ ।