Logo

सडकमा सुत्ने घरवारविहिन अमेरिकीको संख्या बढ्दो



यीनी कुनैबेला बैंकिङ क्षेत्रमा थिए । राम्रो आर्जन गर्थे । विस्तारै व्यवसायमा लागे । तर, दश वर्ष अघि घरवारविहिनको अवस्थामा पुगे । आजकाल उनी सडकमा सुत्छन् ।

अमेरिकाको प्रतिष्ठित याले विश्वविद्यालयमा अर्थशास्त्र मुख्य विषय लिएर अध्ययन पुरा गरेका सन प्लिजेन्ट जस्तो क्षमतावान व्यक्ति समेत घरबारविहिन रहेको खबर चर्चामा छ । अमेरिकाको लस एन्जलसमा उनी जस्ता हजारौं घरबारविहिन छन् । राज्यले घरबारविहिनहरुको समस्या समाधान गर्ने कदम चाल्ने क्रममा लगत उठाउने क्रममा सनको नाम देखेर अधिकारीहरु नै छक्क परेका थिए ।

५२ वर्षीय सन जस्तै ६० हजार मानिसहरु अमेरिकाको लस एन्जलसको सडकमा बस्छन् । सडकमा पुगेकाहरुको संख्या ह्वात्तै बढेको छ ।
सँसारकै धनी देश भनिएपनि अमेरिकामा घरबारविहिनहरुको संख्या बढ्दो छ । विशेषगरी मेगा सिटीहरुमा उनीहरुको संख्या बढ्दो छ ।
घरवारविहिन हुनुमा बेरोजगारी, महङ्गीका अलावा व्यक्तिको आफ्नै कारण रहेको बताइएको छ ।-एजेन्सी  Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्