काठमाडौँ, ३१ भदौ । आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जनसहित मध्यम वर्षा भईरहेको छ ।
महाशाखाले मंगलबार निकालेको तीन दिनको मौसमी अवस्थाबारे अनुसार हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले आजदेखि आंशिक बादलीको सम्भावना रहेको जनाईको छ ।
आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाको भनाइ रहेको छ । आज अपरान्हपछि मौसममा केही सुधार हुने जनाएको हो ।
अबको चार दिनपछि अर्थात सेप्टेम्बर २३ पछि यसपालिको मनसुन सकिँदैछ । यद्यपि यो क्रम सेप्टेम्बर महिना भरी जारी हुन सक्ने समेत मौसमविद्हरुको भनाई रहेको छ ।
मौसमविद्का अनुसार देशको पूर्वी र सुदूरपश्चिमका भागहरुमा आज आकाश खुलिसकेको छ मध्य क्षेत्रको आकाशमा भने बादल लागिरहेको भएपनि विस्तारै वर्षा कम हुनेछ ।भोलि शुक्रबारदेखि भने मौसम सफा रहने सम्भावना रहेको छ ।