जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजे
काठमाडौं, २ असोज । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन आज शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् । केही नेताले बोलिसके भने केही बोल्ने क्रममा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको आरोप लगाएका छन् ।