Logo

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने (विज्ञप्तीसहित)



काठमाडौं, २ असोज । यो वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारसहित विराटनगर, जनकपुर वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट वितरण हुने नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेडका उपत्यकाका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गरिने छ । हाल तोकिएको भन्दा बढी रकम आवश्यक परेमा नयाँ नोट नभई सुकिला नोट सटही सुविधा दिने बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा असोज १७ गतेसम्म उपलब्ध हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot