Logo

कृष्णभीरमा सेना मार्ने पूर्व माओवादी लडाकु यसरी बने जर्नेल, सेनापति बन्लान् ?



काठमाडौं, ३ असोज । माओवादी जनयुद्धमा एउटा गम्भीर घटना घटेको थियो । धादिङको कृष्णभीरमा सेनालाई एम्बुस थापेर बिष्फोट गराइयो । त्यसपछि ठूलो संख्यामा सेना मारिए । उक्त घटनाको दृश्य नेपाल वान टेलिभिजनमा प्रसारण भयो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा आएको घटनाका कमाण्डर थिए यमबहादुर अधिकारी । पूर्व लडाकु कमाण्डर अधिकारी सेना समायोजनका क्रममा उपसेनानी बनाइए । उनलाई महासेनानी बन्न समय लागेन । सेनााका धेरै होनाहार अधिकृतलाई पछि पार्दै कर्णेल बनेका उनले फेरि फड्को मारेका छन् ।

नेकपा सरकारले अधिकारीलाई विशेष पद सृजना गरेर जर्नेलमा बढुवा गरेको छ । सहाकरथीमा बढुवाको निर्णय भएपछि उनी चार वर्ष उक्त पदमा रहनेछन् । यसले उनलाई अझ अगाडि बढ्ने मार्ग प्रशस्त गरेको छ ।

कुनैबेला सेना मार्ने पूर्व माओवादी लडाकु कमाण्डर अहिले त्यही सेनाको जर्नेल बनेका छन् । राजनीतिक व्यवस्था परिवर्तनले उनलाई उच्च पदमा पुर्याएको छ ।

अधिकारी पूरै राजनीतिक पृष्ठभूमिका हुन् । उनी विद्यार्थी राजनीतिमा समेत लागेका थिए । त्यसपछि लडाकु बनेका उनी प्रत्यक्ष राजनीतिमा होमिएका थिए । सेनामा राजनीति गरेकाहरुलाई लिइँदैन । तर, सेना समायोजनका क्रममा त्यसलाई पूरै बेवास्ता गरिएको थियो ।

विगतमा कँग्रेसको सशस्त्र गतिविधिमा लागेकाहरु पनि समायोजन गरिएको इतिहास छ । तर, उनीहरु प्रहरीमा समायोजन गरिएका थिए । कँग्रेसको सशस्त्र गतिविधिमा लागेर समायोजन भएकाहरु आइजीपी सम्म भएका थिए । जसमध्ये डीबी लामा एक थिए ।

विगतमा सशस्त्र गतिविधिमा लागेर समायोजनका क्रममा प्रहरीमा प्रवेश गरेकाहरु आइजीपी सम्म भएको उदाहरण छ । माओवादीबाट सेना समायोजनका क्रममा सहायकरथीमा बढुवा भएका यमबहादुर अधिकारी कुन पदसम्म पुग्ने हुन् ? प्रतिक्षाको विषय बनेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot