Logo

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकामध्ये मरणोपान्त कुन पदक



काठमाडौं, ३ असोज । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालिन संंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई यस वर्ष प्रदान गरिएकोमध्ये सबैभन्दा उच्च मानपदवी दिइएको छ । शुक्रबार संविधान दिवसको अवसरमा नेपाल सरकारले घोषणा गरेको पदक घोषणालाई गृह मन्त्रालयले सार्वजनिक गरेकोमा महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाउने सूचीमा साहित्यका स्वर्गीय मदनमणि दिक्षित पछि अधिकारीको नाम छ ।

गत वर्ष भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङ छिरिङ्ग शेर्पाको नाम सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणी पाउने सुचीमा राखिएको छ । यसवर्ष घोषित पदकमध्ये यो दोस्रो वरियतामा छ । यो पदक पाउने सूचीमा डा. दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् भने आङछिरिङ दोस्रो नम्बरमा छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकामध्ये नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन निर्देशक ध्रवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालिन उपसचिव युवराज दामहाल र हेलिकोप्टर चालक प्रभाकर केसीलाई प्रबल जनसेवाश्री चर्तुर्थ श्रेणी प्रदान गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot