काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक अहिले केही बेरमा बस्दैछ। बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरमा बस्न लागेको नेकपाका सचेतक देव गुरुङले जानकारी दिए ।
संसदको चौथो अधिवेशन सकिएको अवस्थामा सांसदहरु आ–आफ्नो जिल्ला फर्किने क्रममा रहेका छन्। सो समयमा सांसदहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षहरुबाट निर्देशन हुन सक्ने बुझिएको छ ।