Logo

‘सडकमा नाराबाजी गर्दैमा राजतन्त्र फर्किँदैन्’



काठमाडौं, ४ असोज । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा राजतन्त्र फर्किने सम्भावना सधैंका लागि समाप्त भएको बताएका छन् । सडकमा नाराबाजी गर्दैमा राजतन्त्र नफर्किने दाबी उनले गरे ।

संविधान दिवसका अवसरमा हिजो (शुक्रबार) झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान पूर्णरुपमा समावेशी र समानुपातिक भएको भन्दै आवश्यकतानुसार संविधान परिमार्जन गर्न सकिने स्पस्ट पारे । मन्त्री पोखरेलले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताए ।

देशले विकासमा फड्को मारिसकेको उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराले छिट्टै सार्थकता पाउने पनि उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्