Logo

रघुवीर महासेठ र प्रभु साह दुवै जनाले ठिक गर्नुभएन-नागेन्द्र चौधरी



नेपाल कम्युनिष्ट पार्टीका नेता नागेन्द्र चौधरी मधेशमा प्रभावशाली मानिन्छन् । प्रदेशमा बसेरै पार्टी संगठनमा लागिरहने उनीसँग नेकपाको आन्तरिक राजनीतिबारे ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गरेको कुराकानीः

प्रदेश नम्बर दुईमा भुँचालो गयो होइन नेपाल कम्युनिस्ट पार्टीभित्र ?
त्यो त्यस्तो भुँइचालै गएको होइन । पार्टीभित्रको अन्तरसंषर्घ हो । यस्ता अन्तर्सघर्षहरु भइराख्छन् ।
समस्या त जटिल देखियो नि ?
जटिल होयन । समाधान गर्न सकिने समस्या हो ।
महासचिव विष्णु पौडेलसमक्ष कन ग्यापनपत्र बुझाउनुभयो त ?
नेकपा गठन भइसके पश्चात् पार्टीका विधान, नियवाली, अन्तरपार्टी निर्देशिका र परिपत्रहरु जारी भए । सो बमोजिम स्थानीय कमिटीहरु समायोजन हुनुपर्नेमा बेथितिपूर्ण कामहरु त्यस प्रदेशमा भएकाले यस्तो नहोस् विधान अनुसार गरियोस् भन्ने हाम्रो मूल माग हो ।
यो त तपाईंहरुको माग हो, तर प्रदेश नं. २ मा त रघुवीर महासेठले जे भन्यो त्यही हुन्छ नि ?
त्यस्तो त हामी जान्दैनौं । कसैले भन्दैमा सबै थोक हुने । पार्टी विधि र विधान अनुसार चल्नुपर्छ ।
रघुवीर महासेठ र प्रभु साह र रघुवीर महासेठको सम्बन्ध पछिल्लो समय राम्रो छ हो ?
कसको सम्बन्ध कोसँग हामीलाई थाहा हुनु कुरा होइन । पार्टी, विधान, सिद्धान्त र विधि र संगठनको निर्णयबाट चल्ने भएकाले व्यक्ति विशेषको कुरालाई हामीले धेरै महत्व दिँदैनौं ।
प्रभु साह र रघुवीर महासेठले पार्टीहित विपरीत काम गरेको हो ?
त्यो क्रियाकलाप पार्टीहित विपरीत नै हुन जान्छ । किन पार्टीको विधान, विधि, परिपत्रको उलंघन हुनेबित्तिकै पार्टी क्षति पुग्छ । त्यसरी भएको हो ।
त्यसो भए प्रभु साह र रघुवीर महासेठलाई पदबाट हटाउनुपर्छ भन्ने माग हो ?
त्यसो पनि होइन । मन्त्री भनेको सरकारको कुरा हो । हामीले रघुवीर महासेठका बारेमा यति मात्र कुरा उठाएका छौं कि अन्तरिम विधानको धारा (ख) बमोजिमको विपरीत उहाँ स्थायी समितिमा मनोनय हुनुभएको हो । त्यसकारण उहाँको बारेमा विधान प्रभावित हुन्छ त्यसरी गर्न पाइँदैन । प्रभु साहजीहरुले गरेको पछिल्लो निर्णयहरुमा हाम्रो मूल ध्यानाकर्षण हो ।
तपाईंहरुले बुझाएको ज्ञानपत्रमा भएका मागहरु बुँदागत रुपमा भन्नुस् न ?
पहिलो प्रदेश समिति २१५ सदस्यीय छ त्यसको बैठक नै नबसीकन गरिएको छ । अर्को सचिवालय र कार्यालय यी सबै गठन भएकै छैनन् । त्यसमा अध्यक्ष, सचिव, इन्चार्ज र सह–इन्चार्ज चारजना कमरेडहरु मिलेर केही निर्णयहरु गर्नुभएको छ ।
को–को मिलेर त्यसो गर्नुभएको नाम भन्नुस् न ?
सत्यनारायण मण्डल इन्चार्ज, विश्वनाथ साह सह–इन्चार्ज, प्रभु साह अध्यक्ष र सुमन प्याकु¥याल सचिव यी चारजना बसेर केही निर्णयहरु गर्नुभएको छ । जो मैल अघि भनेका विधानदेखि विशेष परिपत्रसम्मका विपरीत भएकाले यी खारेज गरियोस् । यसमा उहाँहरुले गलत गर्नुभएकाले पार्टीलाई नोक्सान भएको छ । त्यसकारण उहाँहरुलाई पदमुक्त गरियोस् । रघुवीरजीलाई विधान विपरीत स्थायी कमिटीमा लगिएकोले त्यसलाई रद्द गरियोस् । त्यसै धारा ३५ वीपरित प्रदेश कमिटीमा केही अयोग्य व्यक्तिहरुलाई मनोनयन गरिएको छ त्यो रद्द गरियोस् । जिल्ला कमिटीहरुमा धारा ३६(ख) र परिपत्र ४ को (क) विपरीत मनोनय गरिएकोमा त्यसलाई पनि खारेज गरियोस् । यसरी षडयन्त्रपूर्ण विभिन्न जिल्लामा सपथ ग्रहण गर्ने काम भइरहेको त्यो रद्द हुनुपर्छ । जिल्लामातहतका कमिटीहरुमा पनि यस्तै खाले षड्यन्त्र हुने भएको हुँदा यी सबैलाई स्थागित गरेर पार्टी विधानतः सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।
कार्यक्रम स्थलमा तपाईहरुले आक्रमण गर्नुभयो भनेर सत्यनारायण मण्डलले भन्नुभएको छ के हो ?
त्यतिबेला उहाँ त्यहाँ हुनुहुन्थेन । म पनि त्यहाँ थिइँन । सहभागिहरुले प्रस्ट केभन्छन् भन्दा सपथग्रहमा खासगरी स्थगित गरिएका कार्यक्रममा सप्तरी र सिराहका साथीहरुलाई बर्दिवासमा सपथग्रह गरिएका साथीहरु र अन्यायमा परेका साथीहरुबीच जमघट भयो । त्यहाँ सचिव र अध्यक्ष उपस्थित हुनुहुन्छ । उहाँहरुसाग साथीहरुले सोध्नुभयो । हामीमाथि अन्याय भयो हामीलाई न्याय दिइयोस् । यो सपथग्रह कार्यक्रम स्थगन गरियोस् । एउृटा निर्णय भइसकेपछि कार्यक्रम अगाडि बढाइयोस भन्ने कुराको माग गर्दा त्यहाँ स्वभाविक रुपमा वादविवाद भयो । प्रहरीले लाठी चार्ज गरे । प्रहरीले लाठी चार्ज कसको आदेशमा त्यो उहाँहरुले भन्ने कुरा हो । तर लाठी चार्जबाट प्रदेश कमिटीका सदस्य कमरेड देहनाथ यादवको टाउकोसम्म फुटेको छ । दर्जनौं साथीहरुले कुटाइ खाए । यो दुःखद् अवस्था हो ।
असन्तुष्टि रहँदारहँदै सथपग्रह कार्यक्रम भएकाले त्यहाँ झडप भयो हो ?
माथि केन्द्रबाटै अध्यक्ष कमरेड प्रचण्ड, सहासचिव कमरेड विष्णु पौडेलले जिल्ला कमिटीमा भएको मनोनयनलाई सच्याएर मात्र सपथग्रह कार्यक्रम गर्ने भनेर निर्देशन दिइसक्नुभएको थियो । त्यस दिन पनि निर्देशन त्यही थियो । यसका बावजुद ६ जिल्लाको सपथग्रह नगरिकन दुईवटा जिल्लाको मात्रै गर्ने भन्ने जुन खल भयो । त्यसलाई नमान्नु दुःखद् कुरा हो । स्थगित भएको भए दुवै पक्ष बीच छलफल हुन्थ्यो । सम्बन्धित जिल्लाका कमिटी र प्रदेश कमिटी बसेर छलफल हुन्थ्यो । पार्टी निर्माणको कुरा त्यसलाई छलफल गरेर सबैलाई चित्त बुझाएर जाँदा कुनै समस्या थिएन । पार्टीको संगठन पनि राम्रो हुन्थ्यो । प्रदेश नं. २ हाम्रो पार्टी संगठनको जुन चुनौति छ त्यसको पनि हल हुन्थ्यो । जसरी विगतको स्थानीय र प्रदेशका चुनावमा कमजोर देखिएका छौं । त्यसलाई आउने निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने जुन चुनौति छ । यो चुनौतिलाई सामना गर्ने गरी सहमति र समझदारीका साथ अगाडि बड्यौ भने मात्रै राम्रो हुन्छ अन्यथा गाह्रो छ भन्ने हाम्रो भनाइ हो ।
शीर्ष नेताहरुले रघुवीर र प्रभु साहलाई च्याप्नुभएको छ नि तपाईहरुले भन्दैमा हटाउनुहुन्छ त ?
कसले कसलाई च्यापेको थाहा भएन । हामीले त विधि, विधान र नीतिको कुरा गरेका छौं । नीति विपरीत जाने कुरा कसैले भन्नुहुन्न होला भन्ने हामीलाई लाग्छ । जहाँसम्म रघुबीरजी प्रधानमन्त्रीजीले मन्त्री बनाउनुभएको छ । प्रधानमन्त्रीले नै मन्त्री युनियक्त गर्ने हो त्यसमा हाम्रो वादविद नै छैन ।
नियुक्तिहरु विधान बमोजिम हुनुपर्छ भन्ने तपाईंहरुको माग हो ?
हाम्रो माग जसरी विधान विपरीत काम भएका छन् । त्यसलाई खारे गरिनुपर्छ ।
प्रभ साहलाई अध्यक्षबाट हटाउन प्रचण्ड चयार हुनुहुन्छ ?
उहाँलाई हटाउनका लागि हाम्रो निवेदन छ । त्यसको लागि हामीले आधारहरु पनि दिएका छौं । कसै पनि पार्टीको विधान, विधि विपरीत चल्ने अधिकार हुँदैन ।
कम्युनिस्ट पार्टीको पछिल्लो निर्णयहरु नेताको अधिनमा चलेको छ नि ?
लामो अनुभव र संघर्षपछि आएको पार्टी हो । हामीले अधिसम्म अभ्यास गरेको पार्टीमा विधान र विधि केही नभएको हुनाले को कसको नजिक कसको टाढा छ फरक विषय हुन् । कहिले कसको नजिक हुन्छ कहिले कसको नजिक त्यो समयक्रमले हुन्छ त्यसलाई ठूलो महत्व दिँदेनौं । तर सिंगो पार्टीलाई क्षति पुग्नेका खालको गतिविधि भयो भने कुनैलाई मान्य हुँदैन भन्ने मेरो बुझाइ हो ।
पछिल्लो समयमा माधव नेपाल र मातृका यादवबीच सहमति भएको छ नि ?
उहाँहरुको त्यस्तो सहमति भएजस्तो मैले देखेको छैन । एउटै पार्टी भएकोले एक सचिवालय सदस्य हुनुहुन्छ कमरेड माधवकुमार नेपाल, उहाँ वरिष्ठ नेता पनि हो ।
वरिष्ठ नेता झलनाथ खनाल होइन र ?
उहाँ त पहिलो नम्बरको हो । दोस्रो नम्बरमा त माधव नेपाल हुनुहुन्छ नि ।
शीर्ष नेताहरुले मानेको नेताविरुद्ध किन प्रश्न उठाउनुहुन्छ ?
जसले पार्टी विधान, विधि र सिद्धान्तलाई नाघेर काम गर्नुहुन्छ उहाँहरुमाथि न प्रश्न हो । अरुका बारेमा केही भनेको छैन ।
हस्ताक्षर गर्ने त माधव नेपाल पक्षधर नेता हो नि ?
हामीले सही गरेको १९ जना थियौं । जिल्लामै हुनुहुन्थ्यो केन्द्रीय प्रतिनिधिहरु उहाँहरु पनि संलग्न हुनुहुन्छ ।
तपाईहरु माधव नेपाललाई नेता मानेर आएको मान्छे हो नि ?
यसमा संलग्न १९ जना नै कसैका पक्षका होइनन् । उहाँहरुको नाम हेर्नुभयो भने प्रस्ट हुन्छ । त्यहाँ उपस्थित कोही कसैको पक्षधर होइन । अन्यायका विरुद्ध न्यायका पक्षमा उभिने पक्षहरु मात्रै हुन् जुन केन्द्रीय कमिटीको जिम्मेवारी छौं ।
प्रदेश नं. २ जम्मा केन्द्रीय सदस्यहरु कति जना हुनुहुन्छ ?
टोटलमा हामी ६९ जना छौं । त्यसमा १९ जनाले हस्ताक्षर गरेका छौं । अरु साथीहरु बाहिर जिल्लातिर हुनुहुन्छ ।
तपाईहरु अल्पमतमा हुनुहुन्छ नि ?
त्यहाँ हस्ताक्षेर गर्ने पो १९ जना त बाहिर जिल्ला–जिल्लामा हुनुहुन्छ नि । कोही कामको सिलसिलामा विदेशतिर पनि हुनुहुन्छ ।
तपाईंहरुको बहुमत पुग्छ ?
हामी अल्पमत, बहुमत होइन । पार्टीभित्र न्यायको निम्ति लड्ने मान्छे एकजना पनि महत्वपूर्ण हुन्छ ।
तपाईंहरुमाथि पार्टीले कारबाही ग¥यो भने के गर्ने ?
होइन हामी कारबाहीदार हौं भने कारबाही गर्दा हुन्छ । त्यो भोग्न हामी तयार छौं । तर सवाल के हो भने हामी न्यायको पक्षमा उभिँदा कारबाहीमा पर्ने हो कि होइन त्यो समयले देखाउँछ ।
तर, रघुवीर महासेठले त तपाईंहरुलाई पार्टीबाट निस्कासित गर्नुपर्छ भन्नुभएको छ नि ?
होइन त्यो उहाँको विचार होला । न्यायको लागि हामीले कुरा उठाउँदा सजाय भोग्नुपर्छ भने अनुशासनको डन्डा मात्रै होइन जे पनि भोग्न तयार छौं ।
तपाईंहरुको पार्टी २ नम्बरमा कमजोर भयो ?
हामी चाहन्थ्यौं सबै एकजुट भएर पार्टीलाई बलियो बनाओं भनेर । तर, परिस्थिति यसरी सिर्जना गरियो । जसको कारणले पार्टी कमजोर भएको छ । फेरि पनि पार्टी विधान र विधि अनुसार चलाइयो भने बलियो अवस्थामा पार्टीलाई पु¥याउन सक्छौं ।



प्रतिक्रिया दिनुहोस्