Logo

विप्लवविरुद्ध खनिए माधव नेपाल, बन्दुक नबिसाए ठिक नहुने चेतावनी



काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नभएको स्पष्ट पारेका छन् ।

उनले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् ।शनिबार अन्तर्रा्ष्ट्रिय शान्ति दिवसको अवसरमा वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै उनले सम्यम भएर अगाडि बढ्नु पर्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot