Logo

कीर्तिपुरमा युद्ध स्मारक पार्क बनाउने प्रचण्डको घोषणा, अरु के भने ?



काठमाडौं, ४ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरमा युद्ध स्मारक पार्क, खेल मैदान र राष्ट्रिय जातिय संग्रहालय बनाउनुपर्ने बताएका छन् ।

शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने,‘संग्रहालय बनाउने प्रक्रिया त अघि बढिसकेको छ, अरू कामहरू अघि बढाउन म पहल गर्छु।’

त्यस्तै, उनले कीर्तिपुर आउँदा आफूलाई माइतीघर नै आएजस्तो लाग्ने पनि बताए । दाहालले भने,‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ। मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ।’ उनले आफू २०र२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए।

अध्यक्ष प्रचण्डले भने,‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तरक्रिया गर्ने थलो पाँगा, कीर्तिपुर थियो,’



प्रतिक्रिया दिनुहोस्

Screenshot