काठमाडौं, ७ असोज । थानकोट–नागढुङगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भोतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको विकास सहायता कार्यन्वयन महाशाखा र निमार्णको जिम्मा पाएको हाम्जा एन्डो कर्पेरेन्सीबिच निर्माण सम्झौता भएको छ ।
ललितपुरस्थित महाशाखाको कार्यालयमा सोमबार विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङग थापा र हाज्मा एन्डो कर्पेरिसनका व्व्यापार प्रर्वद्वक विभाग अन्र्तराष्ट्रिय महाशाखा महाप्रवन्धक कियासी हिरोसेकबिच सम्झौता भएको हो ।
सम्झौता संगै मुलुककै पहिलो सुरुङमार्ग को निमार्ण सुनिश्चित भएको छ । दुई ओटा फ्लाई ओभरसहित निमार्ण हुन लागेको सो सुरुङमार्ग अवको ४२ महिनाभित्र सम्पन्न हुने छ । करसहित करिव १५ अर्व २५ करोड रुपैयाँको लागतमा निमार्ण हुन लागेको सुरुङमार्गको निमार्ण सम्झौता बाहेक १३ अर्ब रुपैयाँको हुने छ ।
सुरुङमार्ग निमार्णका लागि जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग जाइकाले सन् २०१५मा प्रारम्भीक अध्ययन गरेको थियोे । यसको विस्तृत परियोजना प्रतिवेदन सन २०१८मा तयार पारिएको थियो ।आजको गोर्खापत्रमा भउचरप्रसाद यादवले खवर छापेका छन् ।