Logo

तातोपानी नाका एक साताकालागि बन्द



सिन्धुपाल्चोक, ७ असोज । तिब्बतको खासा बजारनजिक रमितेमा अविरल वर्षाका कारण सडकक बिच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले एक साताससम्मका लागि बन्द हुने जनाइएको छ ।

सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot