Logo

मासुमा गाईको तस्बिरले बबाल, क कस्को जागिर धरापमा



काठमाडौं, ७ असोज । सामाजिक सञ्जालमा एउटा विज्ञापन भाइरल भयो । बधशाला देखि भान्छा सम्म स्वच्छ र स्वस्थ मासु लेखेर जनावर र चराहरुको तस्बिर राखिएको छ । नाराको मुनी मासुको तस्बिर राखिएको छ । त्यसपछि शुरुमै जिवित जनावरमध्ये गाईको तस्बिर राखिएको छ ।

सरकारको लोगो राखेर स्वास्थ्य सेवा विभागले तयार पारेको विज्ञापन पर्चामा गाईको तस्बिर राखिएपछि बबाल भएको छ ।
दशैंमा अत्याधिक मासुको खपत हुने भएकाले पनि उपभोक्तालाई सचेत हुन जनचेतनामूलक पर्चा तयार पारेर ढोकामा टाँसिएको हो । तर, पर्चा पोष्टर तयार गर्नेहरुको जागिर धरापमा परेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलसम्म यो घटनाले अप्ठ्यारोमा परेका छन् । सूचना अधिकारी माधवप्रसाद ढुंगानामाथि सोधपुछ भएपछि उनले गम्भीर त्रुटी गर्नेबारे बुझ्न थालेका छन् ।

हिन्दु धर्मालम्बी ८० प्रतिशतभन्दा बढी रहेको नेपालमा यो विषय गम्भीर बनेको छ । गाईलाई हिन्दुहरुले भगवानका रुपमा पूजा गर्छन् । गौहत्यालाई कानुनले नै बर्जित गरेको छ । यस्तो अवस्थामा मासुको विषयमा गाईको तस्बिर राखेर गम्भीर प्रश्न उब्जिएको छ ।
गाईको तस्बिर मासुको विषयमा राखिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ती जनाएको छ । उसले यस विषयमा सरकारको धारणा माग्दै ध्यानाकर्षण समेत जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. वंशी शर्माको हस्ताक्षरसहितको प्रेस विज्ञप्तिमा पोष्टरमा त्रुटी भएको भन्दै क्षमता याचना मागिएको छ । विभागले एउटा पोष्टरमा मात्र त्रुटी भएको दाबी गरेको छ । तस्बिर:सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्

Screenshot