Logo

संघीयताका बिरुद्ध भ्रम छर्ने काम भएको छ – मुख्यमन्त्री पोखरेल



शरद रेग्मी : तुलसीपुर ७ असोज। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिले जनतामा निराशा पैदा गर्ने कार्य भईरहेको बताएका छन् । मंगलबार तुलसीपुरमा भएको नेपाल हेभि ईक्युपमेन्ट अपरेटर संघ प्रदेश नं. ५ स्तरीय भेलालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिले संघीयताको बिरुद्धमा जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता बन्न नसकिने समेत उनले बताए । ‘

अहिले संघीयताको बिरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भईरहेको छ’ उनले भने ‘ तर नेता बन्न निराशा हाईन्, जनतामा आशा थप्ने जस्ता कुराहरु जनतामा लिएर जानुपर्छ ।’ मुलुक संघीयतातामा गएसंगै विकास निर्माणका काम तिब्र रुपमा अघि बढेपछि
संघीयतालाई असफल बनाउन केही नेताहरुले संघीयताका बिरुद्धमा भ्रम सिर्जना गर्ने गरेको समेत बताए ।

‘मुलुकमा तीन तहका सरकारमा जनप्रतिनिधि आएपछि प्रशासनीक खर्च भने बढेको छ, २० हजार बढि कर्मचारीले काम गरिरहेका छन्,’
उनले भने ‘ त्यो रकम जागिर खाने तिनै कर्मचारीको घरमा जाने हो, जनताकै घरमा जाने हो । ’संघीयता जनताको शासन भएको भन्दै तीनै तहका सरकारमा आएका अधिकारहरु प्रयोग गरेर अहिले घर आगणबाटै सेवा पाउँदा जनता पनि खुसी भएको उनको भनाई छ ।

गएको आर्थिक बर्षमा नौसय किलोमिटर सडक कालोपत्रे भएको र यो अहिलेसम्मकै बढि सडक कालोपत्रे भएको समेत उनले बताए ।
जसमा प्रदेश नं. ५ सरकारले दुईसय किलोमिटर भन्दा सडक कालोपत्रे गर्न सफल भएको भन्दै यही अनुपातमा सातवटै सरकरले कालोपत्रे गरे बर्षेनी १४ सय तथा प्रत्येक स्थानीय तहले बर्षमा पाँच किलोमिटर सडक कालोपत्रे गरे ३५ सय किलोमिटर भन्दा बढि कालोपत्रे हुने भन्दै यसरी बिकास निर्माणको काम अघि बढिरहेको अबस्थामा संघीयताको गलत प्रचार गर्ने गरिएको समेत उनले बताए ।

संघका प्रदेश संयोजक भरत चन्दको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका
कार्यवहाक प्रमुख सूर्यबहादुर डाँगी, संघका केन्द्रीय महासचिब भवानी प्रसाद पुरुषलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

संघका दाङ जिल्ला अध्यक्ष चन्द्रवहादुर डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने कार्यक्रमको उद्देश्यमाथि केन्द्रीय अध्यक्ष लोकमन
खत्रीले प्रष्ट पारेका थिए । त्यस अवसरमा अपरेटरहरुले आफुहरुलाई चालकअनुमति पत्र प्रदान गर्ने बाटो सहज बनाउनुपर्ने बताएका थिए । त्यस्तै दुर्घटना बिमा रकमलाई पनि बढाउनुपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot