Logo

‘संविधान सिध्याउने जनशक्ति तयार गर्न नेकपा र चीनबीच संयुक्त प्रशिक्षण गरियो’



काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त पहलमा भएको प्रशिक्षणतर्फ लक्षित गर्दै निधिले संविधान सिध्याउने जनशक्ति तयार गर्न एकदलीय व्यवस्था भएको देशसँग मिलेर प्रशिक्षण गरिएको आरोप लगाए।

नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार धनगढीमा आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले यस्तो गम्भिर आरोप लगाएका हुन् ।

उनले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन सकेमा पार्टीभित्र देखिने गुटबन्दीको अन्त्य हुने दाबी गरे ।

उनले पार्टीको जागरण अभियानलाई आफ्नो गाउँ ठाउँमा आगामी दिनमा पनि चलाउन निर्देशन दिए । जनताका अधिकारका लागि देशमा भएका हरेक राजनीतिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उनले जनअधिकार, विकास र समृद्धिका लागि पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

संविधानको भावनाविपरीत सरकारले प्रदेश र स्थानीय तहका अधिकार सिंहदरबारमा सीमित राखेको आरोप लगाउँदै उनले भने, “सङ्घीय प्रणालीको राज्य व्यवस्था छ, तर अहिलेको सरकार यो व्यवस्थामा विश्वास गर्दैन ।”



प्रतिक्रिया दिनुहोस्