Logo

भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष चारमा उक्लियो



स्पेन, ८ असोज । स्पेनिश ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ। भिल्लारियललाई बार्सिलोनाले २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितको लागि एन्टोनी ग्रिजम्यान र आर्थरले गोल गरेका थिए।

खेलको पहिलो हाफको अन्त्यतरि भिल्लारियलका लागि काजोर्लाले एक गोल फर्काएका थिए । तर, त्यसपछि दुवै तर्फबाट कुनैपनि गोल नहुँदा खेल बार्सिलोनाले जित्यो । सो खेलमा बार्सिलोनाले ग्रिजम्यानको गोलमा खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो भने १५ औं मिनेटमा आर्थरले सो अग्रतालाई दोब्बर पारेका थिए।

लियोनेल मेसी घाइते

यस्तै यस खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेसी घाइते भएका छन्। जितपछि ६ खेलबाट १० अंक जोडेको बार्सिलोना चौथो स्थानमा पुगेको छ । उनको तिघ्रामा समस्या देखिएको छ। तिघ्रामा समस्या देखिएपछि उनले दोश्रो हाफमा मैदान छाडेका थिए। मेसीमा देखिएको समस्या सामान्य रहेको बताइएको छ। एजेन्सी 



प्रतिक्रिया दिनुहोस्