Logo

नेकपाले चीनको विचारधारा आत्मसात गर्नु विचलन हो : बराल



काठमाडौं, ८ असोज । कुटनीतिज्ञ एवं पूर्व राजदूत लोकराज बरालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिनियाँ राष्टपति सि जिनपिङको विचारधारालाई आत्मसात गर्नु भनेको नेकपाको विचलन भएको टिप्पणी गरेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको चर्चित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराजदुत बरालले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,”यो नेकपाको विचलन हो । हामीजस्तो लोकतान्त्रिक पार्टी त कांग्रेस पनि छैन भन्दै आएको नेकपाले अहिले एकाएक चाइनिज मोडल, यो राजनीतिक रुपले भन्ने हो भने त एकदलीय मोडल नै हो । तर, आर्थिक रुपले चाहीँ अलिकति लिवरल मार्केट ईकोनोमी हो ।”

उनले भने,‘सि जिनपिङको मोडेलबाट प्रशिक्षण लिनु चाकडी हो,बिआरआइ भनेको फिलोसोपी होइन, बिकासको एक मोडल हो,भाइचारा सम्बन्ध कायम गर्नु अन्यथा होइन तर एक पार्टी सिस्टमको पद्धतिबाट चलेको पार्टीबाटै प्रशिक्षण लिनु लोकतन्त्र मान्छु भन्ने नेकपा जस्तो पार्टीको लागि सुहाउने कुरा होइन, यो गलत हो , ’ ।

उनले चीनले सन् १९५५ देखिनै नेपाललाई सहयोग गर्दै आएकोले बिकासमा उस्ले सघाउने कुरा स्वभाविक भएको पनि बताए । उनले चीनसंग नेपालको सम्बन्ध संधै सुमधुर रहेको भन्दै बिपीको पालामा पञ्चायतमा पनि चीनसंग राम्रो सम्बन्ध रहेको स्मरण गरे । उनले प्रशिक्षणका बारेमा कांग्रेसले जनाएको चिन्ता पनि स्वभाविक भएको प्रतिक्रिया दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot