काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरुले एकपछि अर्को गरेर राजनीतिक तरंग ल्याउने निर्णय र अभिव्यक्ति दिँदै आएका छन् । यस्तो निर्णय र राजनीतिक तरंगित पार्ने नेतामा वामदेव गौतमपनि दरिन्छन् । बर्दियाबाट चुनाव हारेपछि निश्क्रियझैं बनेका नेता गौतम पार्टीको संगठन प्रमुखमा नियुक्त भएपछि एकाएक सक्रिय देखिए । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध सुधार भयो । धेरैलाई आश्चर्य तुल्याउनेगरि ओली स्वयमले नेता गौतमलाई संगठन विभागको प्रमुखमात्रै होईन, पार्टीको उपाध्यक्ष बनाउनसमेत प्रस्ताव गरे । असार तेस्रो साता सिंगापुरबाट उपचार गरेर फर्किएपछि ओली र गौतमबीच असामान्य रुपमा सम्बन्ध सुधार भएको देखिन्छ ।
कास्कीबाट चुनाब नलड्ने बामदेव गौतमको घोषणा : फेरी पराजित हुने डर
पछिल्लो समय ओली र नेता गौतमबीचको घनिष्ठताका कारण गौतम सत्तारोहणको तयारीमा रहेको बुझिएको थियो । तर, अरु कसैले नभएर स्वयम गौतमले आफू चुनाव नलड्ने स्पष्ट पारे । हेलिकप्टर दुर्घट्नामा निधन भएका रविन्द्र अधिकारीको निर्वाचन क्षेत्र काँस्कीबाट नेता गौतमलाई चुनाव लडाउने पक्षमा अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेको बुझिएको थियो । तर, नेता गौतमले बर्दियामा प्रतिष्पर्धी दलभन्दा दोब्बरको मतान्तर हुँदापनि चुनाव हारेको र काँस्कीमा मतान्तर निकै कम रहेकोले आफू फेरि चुनाव हार्ने निश्कर्ष निकाल्दै उक्त क्षेत्रमा सोही क्षेत्रका नेतालाई चुनाव लडाउनसमेत सुझाव दिएका छन् ।