Logo

करेन्ट लागेर तीन जनाको मृत्यु



धनुषा, ८ असोज । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा स्थित पूर्वेली होटलमा विजुलीको तार सर्ट हुँदा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

मृतक मध्ये सञ्चालक शिवकुमार महतो सुडी उनकी श्रीमती र अर्की एक कामदार महिला रहेको प्रहरीले जनाएको छ ।राती अन्दाजी १० बजेतिर होटलमा विजुलीको तार सर्ट भएर शिवकुमार लाई करेन्ट लागेको थियो।

उनलाई जोगाउन खोज्दा उनकी श्रीमतीलाई र कामदार महिलालाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ । बुधबार बिहान होटल नखुलेपछि स्थानीयले सोधीखोजी गर्दा तीनैको जना होटलभित्रै मृत्यु भएको अवस्थामा भेटिएको थियो।



प्रतिक्रिया दिनुहोस्