Logo

माधव नेपाललाई कारबाही गर्न पार्टीभित्रैबाट माग



काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रदेश २ को विवाद चुलिएको छ । यो विवाद उत्पन्न हुनुमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको हात रहेको अध्यक्षधय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरुको आरोप छ ।

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललगायत आठ जिल्लाका इन्चार्जहरूले वरिष्ठ नेता नेपाल र अर्का नेता तथा वर्तमान वाणिज्य मन्त्री मातृका यादवमाथि छानविन तथा कारबाही गर्न माग गरेका छन्।

हिजो मंगलबार पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई भेटेर उनीहरूले नेता नेपालको नामै किटान गरेर कारबाहीको माग गरेका हुन् । नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार प्रदेशमा आन्तरिक द्वन्द्व बढाएको पार्टीकै कार्यक्रममा आक्रमण गर्न कार्यकर्तालाई उत्प्रेरित गरेको भन्दै नेपाल र यादवमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने माग ती नेताहरूको छ। भदौ २४ मा पदाधिकारीको सपथग्रहण कार्यक्रममा दुवै पक्षबीच विवाद चर्किएर झडप हुँदा प्रहरीले नियन्त्रण गर्नुपरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot