काठमाडौं, ८ असोज । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा को निर्माण सम्पन्न गरी २०७६ साल असोज ६ गतेदेखी सफल परिक्षण कार्य भैसकेको छ ।
परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले यही असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । वि. सं. २०७३ असोज १२ मा विद्युत खरिद/बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ ।
यसमध्येसुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।