Logo

नयाँ विशेषतासहितको नयाँ नोट बजारमा



काठमाडौं, ८ असोज । नयाँ विशेषता सहित एक सय दरका नयाँ नोट बजारमा आइसकेका छन् । नेपाल राष्ट्र बैंकले हाल चलतीमा रहेको एक सय दरका नोटमा केही विशेषता परिवर्तन गरी बजारमा ल्याएको जनाएको छ । दशैलाई लक्षित गरी राष्ट्र बैंकले ७ असोजबाट नयाँ नोट बजारमा ल्याएको हो ।

सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटलाई सिधा हेर्दा रातो रंग  र ढल्काएर हेर्दा हरियो रंग देखिन्छ । साथै नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेको छ ।

राष्ट्र बैंकलले नयाँ नोटमा दृष्ट्रिविहीनहरुका लागि नोट चिन्न सजिलो हुने गरी कालो थोप्लोसहितको नोट चल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साबिककै आकारमा, प्कार तथा रंगमा संकेत नम्बर ओर १८०००००१ देखि कर ३७९९९९९९ सम्मका नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागको पृष्ठभूमिमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा लुम्बिनी द वर्थ प्लेस अफ लड बुद्ध लेखिएको छ । यस्तै दृष्ट्रिविहीनहरुको सहजताका लागि अशोक स्तम्भसँगैं कालो थोप्लो रहेको सयको नोट प्रचलनमा ल्याउको राष्ट्र बैंकले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्