बलिउड अभिनेता अक्षय कुमार र रितेश देशमुख नयाँ लुक्समा एकसाथ स्क्रिनमा देखिने भएका छन् । उनीहरु ३ वर्षपछि फिल्म हाउसफुल ४का लागि पुनर्मिलन भएका हुन् ।
अक्षयले फिल्मका केहि आफ्नो, बबी देओल र रितेशको तस्विरहरु सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् । उनले ट्वीटबाटै २७ सेप्टेम्बरमा फिल्म हाउसफुल ४ को ट्रोलर सार्वजनिक मिति बताएका छन् ।
सार्वजनिक तस्विरबाट फिल्ममा अभिनेताहरु डबल भूमिकामा देखिने कुरा प्रष्ट हुन्छ । रितेश तस्विरमा लामो कुर्ता लगाएको नरताकी बंगडू महाराजको रूपमा देखिएका छन् भने अक्षय रोयको रुपमा देखिएका छन् । हातमा तरवार लिएर एक्सन लुक्समा बबीलाई देखाइएको छ ।
Photo Source: Akshay Kumar Twitter