Logo

कास्कीमा विद्या भट्टराई उम्मेदवार बन्ने



काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टीबाट कास्कीमा हुन गइरहेको उपचुनावमा विद्या भट्टराई उम्मेदवार बन्ने लगभग पक्का भएको छ । नेकपा कास्कीबाट उनको नाममा सर्वसम्मत भएपछि उम्मेदवार बन्ने सम्भावना बलियो भएको हो ।

विद्याको नाममा जिल्ला तहमा सहमति बनेकाले केन्द्रीय तहमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बसेर टुंगो लगाउने भएका हुन् । उपाध्यक्ष वामदेव गौतम पछि हटेपछि विद्याको उम्मेवारी लगभग पक्का बनेको हो ।

नेकपाको जिल्ला कमिटिले चुनाव जित्नसक्ने उम्मेदवार विद्या नै भएको रिपोर्ट तयार गरेको बुझिएको छ । अनेरास्ववियूबाट विद्यार्थी राजनीतिक गरेकी विद्याको राजनीतिक जीवनकै क्रममा विवाह भएको थियो ।

यसअघि रवीन्द्र अधिकारीले चुनाव जितेको उक्त क्षेत्रमा उनको निधनपछि सिट खाली भएको थियो । कास्कीमा लोकप्रीय रवीन्द्रको गत वर्ष हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा ज्यान गएको थियो । Photo Source: suvadin



प्रतिक्रिया दिनुहोस्

Screenshot